पूर्वराजा शाहले सर्वसाधारणलाई विजया दशमीमा टीका लगाइदिने
प्रकाशित मिति: शनिबार, आश्विन १९, २०८१ | ११:४१:०८
चितवन, १९ असोज । विजया दशमीका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मला निवासमा टीका लगाइदिने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ बजे टीका लगाउने तय भएको हो । पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले टीका लगाइदिने संवाद सचिवालयका सचिव डा. फणिन्द्र पाठकले बताए ।
भुटान भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति : शनिबार, आश्विन १९, २०८१ |
११:४१:०८
3917



















