पशुपतिनाथ मन्दिरभित्रको फलामे बार हटाइयो
प्रकाशित मिति: बिहिबार, मंसिर १८, २०८२ | १०:१३:५३
चितवन, १८ मंसिर । पशुपतिनाथ मन्दिरमा जडान गरिएको फलामको बार हटाइएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्ययोजना अन्तर्गत बार हटाइएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्। अब मन्दिरभित्र बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल–प्रसाद चढाउन नपाइनेजस्ता देखिएका विकृति हटाउन पनि पहल गरिने कोषले जनाएको छ। विश्व सम्पदा क्षेत्रमा यस्ता संरचना राखिँदा यसको पहिचानमा असर पर्ने भन्दै पुरातत्त्व विभागले हटाउन पत्राचार गरेको थियो।
पुरातत्त्व विभागका प्रमुख अधिकृत सन्दीप खनालले पत्राचार गरेसँगै कोषले तत्काल फलामको बार हटाएको हो।
प्रकाशित मिति : बिहिबार, मंसिर १८, २०८२ |
१०:१३:५३
1849




















