भारतबाट कुखुराको अवैध तस्करी, चारजना पक्राउ

भारतबाट कुखुराको अवैध तस्करी, चारजना पक्राउ

पर्सा,१९ माघ

नेपालमा भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाएको भएपनि तस्करहरुले पर्साको ग्रामीण नाका भएर अवैधरुपमा भारतीय कुखुराको तस्करी गर्दै आएका छन्।

नेपालमा भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध भएपनि तस्करहरुले पर्साको ग्रामीण भेगका छोटी नाका भएर भारतीय कुखुराको अबैध तस्करी गर्दै आएका छन्।

तस्करहरुले ग्रामीण भेगमा रहेका छोटी नाकालाई प्रयोग गरेर साईकल मोटरसाइकलमा राखी भारतबाट नेपालमा अबैध कुखुराको तस्करी गर्ने गरेको पर्सा प्रहरीले जनाएको छ।

नेपाली कुखुरा भन्दा भारतीय कुखुरा सस्तो पर्ने भएकाले तस्करहरुले भारतीय कुखुराको तस्करी गरि सिमावर्ती गाउ तथा बिभिन्न शहरसम्म पुरयाउने गरेको खुलेको छ। सोहीक्रममा भारतबाट अवैध रुपमा ल्याउदै गरेको कुखुरासहित प्रहरीले ४ जना तस्करहरुलाई पक्राउ गरेको छ।

प्रहरीले भारतबाट अवैध रुपमा कुखुरा तस्करी गरि ल्याउदै गरेको अवस्थामा कुखुरासहित पसाको बहुदरमाई नगरपालिका वडा नम्बर १ बस्ने ३३ बर्षिय रबि कुमार बानिया, पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वा बस्ने ४३ वर्षीय नसरुदिन मियाँ,सोही ठाउका २२ बर्षिय तबरेज आलम र २० बर्षिय सगिर आलम लाई पक्राउ गरेको हो।

पक्राउ परेका चारैजनाले मोटरसाईकलमा राखेर १ सय २५ थान ३ किवन्टल कुखुरा ल्याउदै गरेको अवस्थामा जगरनाथपुर गाउपालिका वडा नम्बर २ लक्ष्मीपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तस्करीमा प्रयोग गरिएको ना।६ प ८४०२, ना।६ प ७९९६, ना।२ प २६३०, ना।७ प ७७४१ र ग १ प ९०१५ नम्बरको मोटरसाईकलसहित पक्राउ परेका चारैजनालाइ आवशयक कारवाहीको लागि बिरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।