पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु (अपडेट)
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६ | १४:०३:४८
काठमाडौं,२७ माघ ।
नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते अवस्थामा तेटिएकी मुनाको लतिलपुर स्थीत स्टार अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । आज विहान सानेपास्थित आफ्नै निवासमा मुनाको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।
कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ । कार्कीकी पत्नी मुनालाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उनी भान्सामा भेटिएकी थिइन । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।
्
प्रकाशित मिति : सोमबार, माघ २७, २०७६ |
१४:०३:४८
4731


















