आफन्त बिदाइ गर्न त्रिभुवन विमानस्थलमा नआउन आग्रह
प्रकाशित मिति: बुधबार, बैशाख ०८, २०७८ | ७:१७:३२
काठमाडौं बैशाख ८-
आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएको कार्यालयले जनाएको हो । अत्यावश्यक अवस्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्न भन्दै विमानस्थलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरेको मापदण्ड पालन गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।गोरखापत्रबाट
प्रकाशित मिति : बुधबार, बैशाख ०८, २०७८ |
७:१७:३२
4819























