निश्चल बस्नेत भन्छन्, मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ
सँगै रहेकी अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको सम्पूर्ण पक्ष मन परेको बताइन । ‘फिल्ममा यो, त्यो भन्दा नि पूरै फिल्म नै राम्रो बनेको छ । सबैको कास्टिङ पर्फेक्ट छ । फिल्म हेर्दा मात्र नभई बाहिर निस्किँदासम्म पनि फिल्म हामीसँगै रहन्छ’, अभिनेत्री खड्काले भनिन् । उनले नयाँ अनुहारहरू अरुण क्षेत्री र अञ्जना बराईलीले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरिन् । ‘अरुणसँग त मैले कामसमेत गरेको छु । उनी निकै बलियो कलाकार हो भनेर प्रशंसा गर्दै आएकी थिएँ । फिल्ममा उनले आफूलाई प्रमाणित गरेका छन् । अञ्जना पनि बलियो सम्भावना बोकेकी कलाकार हुन’, उनले भनिन् । निर्देशक बस्नेतले फिल्म मात्र नभई यसले आफ्नो अभिभावकप्रतिको कर्तव्य सम्झाउनेसमेत बताए ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरूष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउन लागेका हुन् । उनी यसपटक यसअघिका फिल्मभन्दा झनै कन्फिडेन्ट छन् ।




















