विश्व पौडेलको चुनावी घरदैलोमा भोट माग्न पुगे मिनेन्द्र रिजाल
चितवन , २२ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय नेता डा.मिनेन्द्र रिजाल चितवन क्षेत्र नम्बर १ को घरदैलोमा पुगेका छन् । चितवन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई भोट माग्न उनी घरदैलोमा पुगेका हुन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वनाथ पौडेल र प्रदेश १ क मा नेपाली कांग्रेसकै किरण भूषण ओली उम्मेदवार रहेका छन् । खैरहनी ३ गोठश्वरमा आज भएको चुनावी घरदैलो तथा कोणसभामा रिजाल सहभागी भएका थिए । कार्यक्रममा बोल्दै डा.रिजालले गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार पौडेल जनताको समस्याको बारेमा जानकार रहेकोले उहाँले जिते जनताको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको रिजालले बताए ।
चितवनको क्षेत्र नम्बर १ लाई भरतपुर क्षेत्रमा भएको विकास सरहको विकास गर्न विश्व पौडेल लगायत गठबन्धनको उम्मेदवारहरुलाई मतदान गर्न रिजालले आग्रह गरे । देशकै विकासको लागि योजना आयोगमा बसेर योजना बनाउने पौडेलले आफ्नो क्षेत्रमा उल्लेखनिय विकास गर्ने उनले दावी गरे । जनताले विश्वलाई दिने मत भनेकोे आफ्नो लागि गरेको मत हो भन्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।