यो हो १९ हजारको बुलेट बाइक, बिल देखेर सबै छक्क परे !
समय समयमा पुराना बिलसँग सम्बन्धित धेरै तस्विररहरू भाइरल भइरहेका हुन्छन् । अहिले यस्तै एउटा पुरानो बिल सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भइरहेको छ । बिलमार्फत तपाईं करिब ३६ वर्ष पहिले भारतीय बजारमा बुलेट बाइकको मूल्य कति थियो भनेर जान्न सक्नुहुन्छ । बिलमा बुलेट बाइकको मूल्य लेखिएको छ । भाउ देखेर मान्छेहरु राम्रो दिन गएछन् भन्दैछन् ।
अब तपाईं सोच्दै हुनुहुन्छ होला कि त्यो समयमा एउटा बुलेट बाइकको मूल्य कति हुन्थ्यो होला । जवाफ छ भारु १८,७०० मात्र । हो, बिलमा लेखिएको मूल्यलाई हेर्दा सन् १९८६ मा ३५० सीसी इन्जिन भएको बुलेटको मूल्य १८,७०० मात्रै थियो । यो मूल्य उत्कृष्ट मोडेलको हो ।
बिल देखेपछि मान्छेहरु राम्रा दिन गैसकेछन् भन्दै प्रतिकृया दिइरहेका छन् । ३६ वर्ष पुरानो बिललाई देखेर मानिसहरु छक्क परिरहेका छन् । अचम्म लाग्नु पनि स्वभाविक हो । भारतमा आज एउटा बुलेट २ लाखभन्दा कममा आउँदैन् ।
कतिपयले बिलको सत्यतामा पनि प्रश्न उठाए । उनीहरुले यो बिल सत्य नभएको तर्क गरिरहेका छन् । कसैले नक्कली बिल बनाएर भाइरल बनाएको उनीहरूो बुझाई छ । यो तस्विरमा मानिसहरुले विभिन्न खालका प्रतिकृयाहरू दिएका छन् ।