खैरहनी ११ मा दराई समुदायलाई लक्षित क्षमता अभिवृती तालिम सुरु
प्रकाशित मिति: आइतबार, फाल्गुण ०७, २०७९ | २२:३०:२७
चितवन , ७ फागुन ।
खैरहनीको सुण्डीमा दराई समुदायलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ११ को सहयोगमा आजदेखी ३ दिने तालिम सुरु भएको हो ।
दराई समुदायका नागरिक हरेके कुरामा पछाडी परेकोले उनीहरुको क्षमता अभिवृद्धि होस् भनेर तालिमको लागि बजेट छुट्टाएको खैरहनी ११ का वडा अध्यक्ष दिपेन्द्रकुमार दराईले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रममा बोल्दै खैरहनी १२ का वडा सदस्य रामशरण दराई , दराई उत्थान समाज चितवनका अध्यक्ष रामबहादुर दराई, खैरहनी १२ का कार्यपालिका सदस्य दुखिराम दराई , गोमादेवी भुजेल लगायतले तालिमको भरपुर सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरे । तालिमको पहिलो दिन प्रशिक्षकद्धय विकास पौडेल र रामेश्वर रिजालले प्रशिक्षण दिएका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०७, २०७९ |
२२:३०:२७
5809



















