पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइयो
प्रकाशित मिति: बुधबार, बैशाख २७, २०८० | १५:४६:२७
काठमाडौं | प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको थियो । त्यहाँ स्वास्थ्य परीक्षण गरेपछि सरकारी वकिलको कार्यालयमा पुर्याएको हो । सरकारी वकिलको कार्यालयबाट अब उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।
प्रकाशित मिति : बुधबार, बैशाख २७, २०८० |
१५:४६:२७
2531