रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० | १९:३५:३५
काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध दुई दिनअघि पेश गरेको रिट मंगलबार दर्ता भएको हो । उनले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएकी छन् । रिटमाथि बुधबार पेश तोकिएको छ । कडायत २०७२ भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी हुन् । उनले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढेपछि राष्ट्रपति कार्यालयमा समेत निवेदन दिएकी थिइन् ।
चौधरी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्णपाठ तयार नभएको अवस्थामा क्रुरतापूर्वक हत्या भएको घटनामा आममाफी दिनु गलत हुने उनको दावी छ ।
प्रकाशित मिति : मंगलबार, जेठ १६, २०८० |
१९:३५:३५
3345