१५ करोड रुपैयाँको दाबी गर्दै काठमाडौँ महानगरविरुद्ध मुद्दा दायर
प्रकाशित मिति: आइतबार, आषाढ ०३, २०८० | १८:१५:३६
काठमाडौँ । काठमाडौँ महानगरले शैक्षिक मेला बन्द गरिदिएको भन्दै अदालतमा मुद्दा दायर भएको छ । हिसानले १५ करोड क्षतिपूर्ति माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । भृकुटी मण्डपमा आयोजित शैक्षिक मेलामा काठमाडौँ महानगरले रोक लगाउँदै बन्द गराएको थियो । त्यसविरुद्ध हिसानले मुद्दा दायर गरेको हो ।
हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर कार्यक्रम गरेको भन्दै महानगरले अनावश्यक धम्की दिए बन्द गराएको बताए । मेला स्थगित हुँदा ३० करोड बराबरको क्षति पुगेको भन्दै उनले मुद्दा दायर गरेको बताएका हुन् । महानगरले स्वीकृति नलिएको तथा नतिजा नआउँदै भर्ना प्रक्रिया सुरु गरेको भन्दै हिसानले आयोजना गरेको शैक्षिक मेला बन्द गराएको थियो ।
प्रकाशित मिति : आइतबार, आषाढ ०३, २०८० |
१८:१५:३६
4687



















