मकवानपुरमा दुईवटा ट्रक एक–आपसमा ठोक्किँदा दुई जना घाइते
काठमाण्डौं– गएराती मकवानपुरको मनहरी नयाँबस्तीमा दुई वटा ट्रक एक–आपसमा ठोक्किँदा आगलागी भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन्।
राति १ः४५ बजे मनहरी ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। हेटौडाबाट चितवनआउदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक९आपसमा ठोक्किँदा दुर्घटा भएको हो। दुर्घटना लगत्तै दुवै ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा ६६६७ नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ३ का ३५ वर्षीय विवेक तमाङ र ६३१ नम्बरको ट्रकका चालक मनहरी ३ का ३२ वर्षीय अर्जुनकुमार प्रजा घाइते भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
दुवै जनाको उपचार भरतपुरमा उपचार भइरहेको छ। ट्रकमा लागेको आगो निभाइएको इलाका प्रहरी कार्यालय, मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए। दुवै ट्रक पूर्णरुपले जलेका छन्।