प्रहरी दिवसको अवसरमा आचार्य र राउत सहित ९ जना पुरस्कृत
चितवन , २९ असोज । बागमती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ट्राफिक व्यवस्थापकको रुपमा प्रहरी निरिक्षक वसन्त आचार्यलाई पुरस्कृत गरेको छ । प्रदेशभरीबाट उत्कृष्ट ट्राफिक व्यवस्थापकको रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक वसन्त आचार्यलाई आज पुरस्कृत भएका हुन् ।
६८ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आचार्य सहित ८ जना प्रहरीलाई पुरस्कृत गरेको छ । विभिन्न विधाबाट प्रदेशभरीबाट छनौट गरि ८ जनालाई पुरस्कृत गरेको हो । बागमती प्रदेशको सर्वोकृष्ट प्रदेश प्रहरीको रुपमा प्रहरी निरिक्षक किरण राउत पुरस्कृत भएका छन् ।
त्यस्तै उत्कृष्ट व्यवस्थापकको रुपमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्र , उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा ईलाका प्रहरी कार्यालय सिंगटी, दोलखाका प्रहरी निरिक्षक विक्रम लामा , उत्कृष्ट विपद व्यवस्थापकको रुपमा बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौडा भई हाल चितवन रहेका प्रहरी सहायक हवल्दार सुमन रायमाझी , उत्कृष्ट बाह्य प्रशिक्षकको रुपमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत प्रहरी जवान लक्ष्मी कुमारी थारु , उत्कृष्ट प्राविधिकको रुपमा प्रहरी जवान सविन कुमार र उत्कष्ट प्रहरी कार्यालय सहयोगीको रुपमा सन्तोष राना मगर पुरस्कृत भएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुरस्कार सहित कदर पत्र प्रदान गरेका थिए ।