रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८० | १५:३७:२७
काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १५ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए ।
यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए ।
उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर १३, २०८० |
१५:३७:२७
3829