सनराइज टोलको अध्यक्षमा पौडेल निर्वाचित
पोखरा , २१ पौष । पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित सनराइज टोल विकास संस्थाको अध्यक्षमा प्राणनाथ पौडेल निर्वाचित भएका छन् । संस्थाको आज भएको प्रथम साधारणसभा तथा अधिवेसनबाट पौडेल अध्यक्षता सर्वसम्मत निर्वाचित भएका हुन् । संस्थाको तदर्थ समितिका अध्यक्ष रहेका पौडेल अधिवेसनबाट अध्यक्षमा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै संस्थाको उपाध्यक्षमा दिपक बहादुर क्षेत्री , सचिवमा सन्दिप पराजुली , कोषाध्यक्षमा लक्ष्मी थापा चयन भएका छन् । सदस्यहरुमा गंगा प्रधान , मिना थापा, टिका कुमारी राना , महेन्द्र कुँवर , सरस्वती क्षेत्री , स्वस्तीका पौडेल र दिनेश कार्की चयन भएका छन् ।
साधारणसभा तथा अधिवेसनकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १७ की वडा अध्यक्ष राधिका शाहीले आफ्नो टोल आफै बनाउन भन्ने अभियानमा सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिदै टोलको जटिल विषयमा वडाले सहयोग गर्ने बताइन् । उनले महिला दिदिबहिनीहरुलाई विभिन्न किसिमको तलिम दिएर फोहोरलाई मोहोर बनाउने अभियान सुरु गर्नुपर्ने बताइन् । भान्छाबाट निस्कने फोहोरलाई वर्गिकरण गरेर प्लाष्टिकजन्यलाई रिसाइकल गर्ने र कुहिने फाहोरबाट कम्पोष्ट मल बनाएर कौशीखेतीमा प्रयोग गर्न सकिने गरि उत्पादन वृद्धि गर्न सकिनेमा जोड दिइन् । कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष , विभिन्न आमा समूहको अध्यक्षहरुको उपस्थिति रहेको थियो ।