नगरस्तरिय व्याडमिन्टन प्रतियोगितामा खैरहनी ४ प्रथम
प्रकाशित मिति: बिहिबार, माघ ०४, २०८० | १०:१३:४१
चितवन , ४ माघ । खैरहनीमा भएको नगरस्तरिय व्याडमिन्टन प्रतियोगितामा खैरहनी नगरपालिका वडा नम्बर ४ प्रथम भएको छ । खैरहनी नगरपालिका, नगर खेलकुद विकास समिति र खैरहनी नगर व्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत बुधवार भएको फाइनल खेलमा खैरहनी ४ प्रथम भएको हो ।
प्रतियोगितामा खैरहनी नगरपालिका वडा नम्बर ९ द्धितिय भएको छ । त्यस्तै खैरहनी ४ कै एउटा समुह र खैरहनी १ को एउटा गरि दुईवटा समुह तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ , उप प्रमुख कविता उप्रेतीले नगद १२ हजार ,ट्रफी र मेडल प्रदान गरेका थिए । द्धितिय हुनेलाई नगद ९ हजार र तृतिय हुनेहरुलाई नगद ५- ५ हजार, ट्रफी र मेडल प्रदानप्रदान गरिएको खैरहनी नगर व्याडमिन्टन संघका अध्यक्ष कपिल श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, माघ ०४, २०८० |
१०:१३:४१
2333