खैरहनीको मेयर रनिङ्ग कप: चौथो दिन गोलको वर्षा,वडा नम्बर १३ ले हान्यो १२ गोल
चितवन , १६ माघ । खैरहनीमा जारी दोस्रो मेयर रनिङ्ग कप फुटबल प्रतियोगितामा गोलको बर्षा भएको छ । आज भएको खेलमा वडा नम्बर १३ ले बाह्र गोल गरेको छ ।
वडा नम्बर ४ र १३ को बिच भएको खेलमा वडा नम्बर १३ विजयी भएको छ । वडा नम्बर ४ लाई ० का विरुद्ध १२ गोलले पारजित भएको हो । वडा नम्बर १३ का सन्देश श्रेष्ठले ह्याट्रिक गोल गरेका छन् । ह्याट्रिकसँगै सन्देशले ६ गोल , विश्वास उदासले ३ गोल , सुदिप घले र विवेश थापाले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याचमा वडा नम्बर १३ का सन्देश श्रेष्ठ घोषित भएका छन् । उनलाई खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुषालले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन् ।
त्यस्तै आज वडा नम्बर ९ र ३ बिच भएको निकै रोमान्जक खेलमा वडा नम्बर ९ विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै समूहले एक एक गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा ५ का विरुद्ध ६ गोल गर्दै वडा नम्बर ९ विजयी भएको हो । उक्त खेलमा वडा नम्बर ३ का कप्टान सविन विश्वकर्मा म्यान आफ द म्याच घोषित भए । उनलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले म्यान आफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।