शिक्षकहरुको मैत्रीपूर्ण भलिवलमा ईन्टरनेशनल प्रथम
चितवन , १२ फागुन । खैरहनीमा संचालित शिक्षकहरुको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा ईन्टरनेशनल इङ्ग्लिस मोडल स्कुल प्रथम भएको छ । दुवै पुरुष र महिलातर्फको खेलमा ईन्टरनेशनल इङ्ग्लिस मोडल स्कुलको समुह विजयी भएको हो । महिला र पुरुष दुवैतर्फको फाइनल खेलमा ईन्टरनेशनल स्कुल र ग्लो साइन एकेडेमीबिच भएको थियो ।
पुरुषतर्फको खेलमा ग्लो साइन एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै ईन्टरनेशनल स्कुल विजयी भएको हो । फाइनल खेलमा २५ १६ र २५ १५ को सेटमा पराजित हुदै ग्लो साइन एकेडेमी द्धितिय भएको हो । त्यस्तै महिलातर्फ २१ २५ , २५ १०, २५ ११ र २६ २४ को सेटमा इन्टरनेशनल विजयी भएको छ । पुरुषतर्फ मोर्डन इङ्ग्लिस स्कुल र महिलातर्फ कुमरोज एकेडेमी तृतिय भएको छ । प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय भएका समुहलाई मेडल , प्रमाणपत्र र ट्रफी प्रदान गरिएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु वानियाँले जानकारी दिए । उनीहरुलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले ट्रफी प्रदान गरेका थिए ।
खैरहनी नगरपालिकाको आयोजना तथा ईन्टरनेशनल ईङ्गिलस मोडल स्कुलको संयोजनमा भएको नगर स्तरिय अन्तर विद्यालय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगितामा पुरुष र महिलाहरुको गरि २१ वटा समुहको सहभागिता रहेको नगर शिक्षा अधिकारी वानियाँले जानकारी दिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख शशि कुमार खनियाँले शिक्षकहरु पढाउन मात्रै नभएर खेलकुदमा समेत अब्बल रहेको देखिएको बताए । नगरपालिकाले आगामी दिनमा यस्ता प्रतियोगिता चाडपर्वको अवसरमा गर्ने तयारी गरेको बताए । उनले प्रतियोगितामा महिलाहरुको सहभागिता क्रमैसँग बढाउदै लानुपर्नेमा जोड दिए ।
पुरस्कार वितरण कार्यक्रमको भिडियो