पशुपतिमा शनिबारसम्म २४सै घण्टा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा
प्रकाशित मिति: बिहिबार, फाल्गुण २४, २०८० | १८:११:२५
काठमाडौं । शिवरात्रीको अबसरमा भक्तजनहरुको सुविधाको लागि सशस्त्र प्रहरी बलले पशुपतीनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गरेको छ ।प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बिहिबार बिहान १० बजे देखि शनिबार बिहान ६ बजे सम्म हेल्थडेक्स स्थापना गरि सेवा प्रदान गरिने छ । भक्तजनहरुको सुविधालाइ ध्यानमा राखी डाक्टर सहितको एम्बुलेन्स समेत पशुपतिनाथ मन्दिर परिसरमा तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
भक्तजनहरुलाइ सामान्य स्वास्थ्य समस्या भएमा त्यहीँनै उपचार गरिने र थप उपचार चाहिएमा एम्बुलेन्स मार्फत नेपाल एपीएफ अस्पताल बलम्बु ल्याइने डिएसपी थापाले जानकारी दिए । यसैगरी शिवरात्री अवधिभर २६ गते सम्म सुरक्षार्थ पशुपति मन्दिर परिसरमा १ हजार ३ सय बढी सशस्त्र प्रहरी बलको फौज तैनाथ हुने बताइएकाे छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण २४, २०८० |
१८:११:२५
3543