नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ | १५:३८:१७
चितवन , ११ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको जनाएकाे छ ।
याे भेरियन्ट सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, जेठ ११, २०८१ |
१५:३८:१७
2003