खैरहनीमा ८० जना खेलाडी पुरस्कृत
चितवन , २४ असार । खैरहनीमा वसोवास गरि विभिन्न खेलहरुमा पदक जितेका खेलाडीहरुलाई खैरहनी नगरपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । जिल्ला,प्रदेश , राष्ट्रिय र अन्तराष्ट्रिय खेलहरुमा पदक जितेका ८० जना खेलाडीहरुलाई सोमवार एउटै कार्यक्रममा पुरस्कृत गरिएको हो । उनीहरुलाई २ हजार रुपैयाँदेखी ८ हजार रुपैयाँ सम्म नगद प्रदान गरिएको थियो ।
खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाँ,उपप्रमुख कविता उप्रेती,प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटा सहित वडा अध्यक्षहरुले खेलाडीहरुलाई टिका लगाई प्रमाण पत्र र नगदले पुरस्कृत गरेका थिए । कार्यक्रममा अन्र्तराष्ट्रिय स्तरमा पदक जितेका ४ जना,राष्ट्रिय स्तरमा पदक जितेका ७ जना,प्रदेश स्तरमा पदक जितेका २९ जना र जिल्लास्तरमा पदक जितेका ४३ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक पुष्पराज दुवाडीले जानकारी दिए । पुरस्कृत हुनेहरुमा अन्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा प्रथम हुने अभिषेक गौतम,द्धितिय हुने आयुष्मा महतो, पुम्से तर्फ तृतिय हुने अभिषेक गौतम र राजकुमार दराई लगायत खेलाडी छन् ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा वोल्दै खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाँले नगरले गरेको सम्मान पूर्ण नभएपनि आगामी दिनमा यसलाई थप्दै जाने वताए । खेलाडीको खेलसंगै स्वास्थ्य,आर्थिक सुरक्षाका सवालमा खैरहनी नगरपालिका गंभीर भएर लाग्ने उनले वताए । प्रमुख खनियाले खेल छोडेर मोवाईलमा झुन्डिने परिपाटीको विकास भईरहेको उल्लेख गर्दै खेल क्षेत्रमा लगाव वढाउन प्रेरित गर्नु पर्ने औल्याए । खेलकुदको विकाससंगै पूर्वाधार निर्माण,सामाजिक,शैक्षिक,कृषि पशुपालनको क्षेत्रमा विकास गरिरहेको उनले वताए । उपप्रमुख कविता उप्रेतीले सम्मानको हकदार वन्न अनुसाशन,लगानशील भएर खेल्नु पर्ने वताईन् । खेल खेल्नु ठुलो कुरा नभएको भन्दै उनले नियम अनुसार खेल्न सके एक दिन सफलता हासिल गर्ने उनको भनाई थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष धनबीर चौधरीले खेलकुदले स्वास्थ्यलाई निरोगी राख्ने मात्र नभई अनुशासन,लगनशील,धैर्यता कायम राख्न मद्यत गर्ने वताए । नगर प्रमुख खनियाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी २ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेतीले स्वागत मन्तव्य तथा शिक्षा अधिकृत रविन्द्र देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।