खैरहनी २ लाई पराजित गर्दै वडा नम्बर १३ फाइनलमा प्रवेश
प्रकाशित मिति: बुधबार, कार्तिक ०७, २०८१ | १९:४५:३२
चितवन , ७ कार्तिक । खैरहनीमा जारी तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १३ प्रेवश गरेको छ । समूह ‘क’ तर्फको आज भएको सेमिफाइनल खेलमा वडा नम्बर २ लाई पराजित गर्दै वडा नम्बर १३ फाइनल प्रवेश गरेको हो ।
वडा नम्बर २ लाई २-० को गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफसम्म दुवै समूहले गोल गर्न सकेका थिएनन् । खेलको दोस्रो हाफमा खैरहनी वडा नम्बर १३ का अनिश तमाङले पहिलो गोल गरे भने सन्देश श्रेष्ठले दोस्रो गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच वडा नम्बर १३ का अनिश तमाङले प्राप्त गरेका छन् । प्रतियोगिता अर्को सेमिफाइनल खेल विहिबार दिउँसो वडा नम्बर १ र १० बिच हुदैंछ । उक्त खेलमा विजयी हुने टिम कार्तिक १० गते हुने फाइनल खेलमा वडा नम्बर १३ संग भिड्ने छन् ।
प्रकाशित मिति : बुधबार, कार्तिक ०७, २०८१ |
१९:४५:३२
5721
























