खैरहनी १० लाई पराजित गर्दै वडा नम्बर १ फाइनल प्रवेश, फाइनलमा वडा नम्बर १ र १३ भिड्ने
चितवन , ८ कार्तिक । खैरहनीमा जारी तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १ प्रेवश गरेको छ । समूह ख तर्फको आज भएको सेमिफाइनल खेलमा वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर १ फाइनल प्रवेश गरेको हो ।
वडा नम्बर १० लाई १—० को गोल अन्तरले पराजित गरेको हो । खेलको १३ औं मिनेटमा वडा नम्बर १ का रोहन महतोले गोल गरेका थिए । सोहि गोल नै खेलको निर्णायक गोल बन्यो । आजको खेलको म्यान अफ द म्याच समेत महतोले प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गतको शनिबार हुने फाइनल खेल वडा नम्बर १ र १३ भिड्ने भएका छन् ।प्रतियोगितामा प्रथम हुने समूहले नगद ६० हजार , सिल्ड , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुल विकास समितिका अध्यक्ष धनविर चौधरीले जानकारी दिए । त्यस्तै द्धितिय हुने समूहले नगद ४० हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । शनिबार नै महिला टिमबिच समेत खेल हुने प्रतियोगिताका संयोजक लेख बहादुर पुनले जानकारी दिए । वडा नम्बर २ र १३ का महिला टिमको खेल हुने उनले बताए । उक्त खेलमा प्रथम हुने समूहलाइ नगद ५ हजार र द्धितियलाई नगद ४ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।