नेपालमा पुनः देखियो मंकीपक्स संक्रमण
प्रकाशित मिति: शुक्रबार, पौष ०५, २०८१ | १९:१६:२०
चितवन, ०५ पौष । मुलुकमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’ निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।
दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स सङ्क्रमणको देखिएको थियो । उनले मंकीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।
प्रकाशित मिति : शुक्रबार, पौष ०५, २०८१ |
१९:१६:२०
947