चौथो कठार फुड फेस्टिबल आइतबारदेखी सुरु
प्रकाशित मिति: सोमबार, बैशाख ०१, २०८२ | १२:२२:३०
चितवन , १ वैशाख । पुर्वीचितवनको खैरहनीमा चौथो कठार फुडफेस्टिबल सुरु भएको छ । कठार पर्यटन विकास समितिको आयोजनामा खैरहनी १० कठारमा आइतबारबाट सुरु भएको फुड फेस्टिबलको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटनको क्रममा नगर प्रमुख खनियाँले फुड फेस्टिबलले कठारको साथै समग्र खैरहनीको पर्यटन प्रर्वधन हुने विश्वास व्यक्त गरे ।
वैशाख २ गतेसम्म संचालन हुने फुडफेस्टिबलमा विभिन्न परिकारका खानेकुरा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । फुड फेस्टिबलमा २० वटा खानाका स्टलहरु रहको कठार पर्यटन विकास समितिको अध्यक्ष लिलाराज गुरुङ्गले जानकारी दिए । कार्यक्रम उद्घाटनपुर्व विभिन्न जातजाती र संघसंस्थाको सहभागितामा शोभा र्याली निकालिएको थियो ।
प्रकाशित मिति : सोमबार, बैशाख ०१, २०८२ |
१२:२२:३०
947