कठार फुड फेस्टिबलको टिकटले म्याङ्गो हलमा छुट
चितवन , १ वैशाख । खैरहनी नगरपालिका वडा नम्बर १० मा जारी चौथो कठार फुड फेस्टिबलको प्रवेश टिकटले म्याङ्गो सिनेमा हलमा छुट भएको छ । कठार पर्यटन विकास समितिले आयोजना गरेको फुड फेस्टिबलको टिकट लिएर खैरहनी ८ पर्सा बजारमा रहेको म्याङ्गो सिनेमा हलमा गए उक्त टिकटको मूूल्य बराबरको छुट पाइने आयोजकले जनाएको छ ।
आइतबारबाट सुरु भएको फुड फेस्टिबल मंगलबारसम्म चल्लेछ । पहिलो दिन निशुुल्क प्रवेश रहेको फुड फेस्टिबलमा सोमबार १०० र मंगलबार ५० रुपैयाको प्रवेश टिकट रहेको छ । दुुई दिन राष्ट्रिय स्तरका व्यान्ड तथा कलाकारहरुको प्रस्तुुती रहने भएकोले टिकटको व्यवस्था गरिएको कठार पर्यटन समितिका अध्यक्ष लिलाराज गुरुङ्गले जानकारी दिए । सोमबार सुनिल पण्डित , एन्जिला रेग्मी , सुजन गुरुङ्गको प्रस्तुती रहने छ । त्यस्तै केहर एण्ड जोए को समेत प्रस्तुती रहने अध्यक्ष गुरुङ्गले बताए ।