कठार फुड फेस्टिबलमा आज ज्योती मगर,न्यटिभस् व्याण्ड आउने
प्रकाशित मिति: मंगलबार, बैशाख ०२, २०८२ | १३:१८:५७
चितवन , २ बैशाख । खैरहनीमा जारी चौथो कठार फुड फेस्टिबलमा आज ज्योति मगर ,न्याटिभस् व्याण्ड , महेश चौधरी , डिजे जेनिश लगायतका कालाकार आउने भएका छन् । नयाँ बर्ष २०८२ को अवसरमा कठार पर्यटन विकास समितिले आयोजना गरेको फुड फेस्टिबलको आज अन्तिम दिन हो । आज राष्ट्रिय कलाकारको साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजनले जनाएको छ । विभिन्न परिकारका खानाको स्वादसँगै मनोरञ्जन समेत प्राप्त गर्न सकिने कठार विकास समितिका अध्यक्ष लिलाराज गुरुङ्गले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०२, २०८२ |
१३:१८:५७
1585