एचपीभी खोप कक्षा ६ मा पढ्ने सबै बालिकालाई दिइने
प्रकाशित मिति: सोमबार, आषाढ ०९, २०८२ | १९:४०:४३
चितवन, ०९ असार । अब कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने भएका छन् ।
आज प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कक्षा ६ मा अध्ययन गर्ने सबै बालिकालाई एचपीभी खोप दिइने बताएका हुन ।
यस्तै मानसिक स्वास्थ्य कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम, सङ्क्रामक रोग तथा महामारी व्यवस्थापन, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन सम्बन्धी कार्यक्रम सबै स्थानीय तहमा लागू बजेट विनियोजन गरिएको मन्त्री पौडेलले सुनाए ।
प्रकाशित मिति : सोमबार, आषाढ ०९, २०८२ |
१९:४०:४३
2465



















