स्क्रब टाइफसबाट एकजनाको मृत्यु
प्रकाशित मिति: शनिबार, भाद्र ०७, २०८२ | १६:१६:१०
चितवन, ०७ भदौ । स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको आज मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारेरोगबाट पनि पीडित थिइन् । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार, चितवनका विभिन्न अस्पतालमा उपचारका निम्ति आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । चितवनका ५८ जना यो रोगबाट पीडित छन् ।
प्रकाशित मिति : शनिबार, भाद्र ०७, २०८२ |
१६:१६:१०
3653
























