नागरिकता त्यागेका १९ चिकित्सकको लाइसेन्स खारेज
प्रकाशित मिति: शुक्रबार, बैशाख १८, २०८३ | १८:०९:५९
चितवन , १८ बैशाख । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकहरूको दर्ता रद्द गरिएको हो।
यसअघि पनि १७ जना चिकित्सकको लाइसेन्स खारेज गरिएको थियो।
काउन्सिलले ऐन तथा नियमावलीअनुसार ती चिकित्सकहरूको नाम दर्ता किताबबाट समेत हटाएको जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३ |
१८:०९:५९
89




















