शिवरात्रीमा बाटो छेके कारबाही गर्छौ : चितवन प्रहरी
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०५, २०७९ | २२:५७:४०
चितवन , ५ फागुन ।
चितवन प्रहरीले शिवरात्रीको दिन बाटो छेक्नेहरुलाई कारबाही गर्ने भएको छ । महाशिवरात्रीको दिन सडकमा डोरी लगाएर बाटो छेकेर जबरजस्ति रकम लिनेहरुलाई कारबाही गर्ने चितवन प्रहरीले चेतावनी दिएको छ ।
त्यस्तै प्रहरीले शिवजीको प्रसाद भन्दै नसालु पदार्थ सेवन गर्ने तथा गराउनेलाई समेत कानुनी कारबाही गर्ने जनाएको छ । सडकमा डोरी टागी बलजस्ती पैसा माग्ने र नशालु पदार्थ सेवन गरि सवारीसाधन चलाउनेलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०५, २०७९ |
२२:५७:४०
6601



















