‘मिस प्लस टु नेपाल २०२३’को ताज शिक्षालाई
काठमाडौँ, ११ साउन । ‘मिस प्लस टू नेपाल २०२३’ को ताज शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि समेत हात पार्न सफल रहिन् ।
प्लस टू अध्ययनरत छात्राहरुको प्रतिभा निखार्दै व्यक्तित्व र सौन्दर्य मापनको उद्देश्यले आयोजित प्रतियोगितामा याङ्जी दावा लामाले फस्ट रनरअप र विशाखा श्रेष्ठ सेकेन्ड रनर अप भए । लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधि समेत हात पार्दा श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पारिन् ।
युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न प्र्रतियोगितामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पारे । त्यस्तै कृष्टिना प्रजा ‘म्यानेज्मेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेष्ट इन् इभिनिङ गाउन’, सोनिमा घलान ‘वेष्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ विजेता बने ।



















