पृथ्विराजमार्ग सडक खण्ड अबरूद्ध सम्बन्धमा
प्रकाशित मिति: बिहिबार, भाद्र ०७, २०८० | १२:५०:१६
तनहुँ | मिति २०८०।०५।०७ गते अन्दाजी. ०८:३० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीबजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा माथि बाट पहिरो आई दुई तर्फी सडक अबरुद्ध भएको, पहिरो हटाउने कार्य भई रहेकोले, तनहुँ हुँदै कास्की पोखरा तर्फ जाने साना तथा मझौला सवारी साधनहरुको लागी बैकल्पिक बाटो दमौली भोर्लेटार चोक बाट कलेस्ती-पोल्याङ हुदै कास्की निस्किने सडक प्रयोग गर्नु हुन अनुरोध गरीएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ०७, २०८० |
१२:५०:१६
3785



















