सप्तकोशीको जलसतह सतर्कता पार, साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह
प्रकाशित मिति: शुक्रबार, भाद्र ०८, २०८० | ११:३७:३८
काठमाडाैं । सप्तकोसी नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तकोसी नदीले चतरामा सतर्कता तह (६ मि.) पार गरेको हो। नदीको जलसतह बझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ०८, २०८० |
११:३७:३८
4819



















