काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम
प्रकाशित मिति: शनिबार, माघ १३, २०८० | १२:४२:३९
काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसम विभागले जनाएकाे छ । आजै तापक्रम पौने ९ बजे योभन्दा पनि कम मापन हुन सक्ने जनाइएकाे छ । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।
प्रकाशित मिति : शनिबार, माघ १३, २०८० |
१२:४२:३९
4313



















