चितवनको रत्ननगरमा एकजनामा आरडीटी रियाक्टिभ
प्रकाशित मिति: आइतबार, बैशाख ०७, २०७७ | १४:३३:०२
चितवन , ७ बैशाख।
चितवनको रत्ननगरमा र्यापिट डाईग्नोसिस टेस्ट (आरडिटि ) गर्दा एकजनामा रियाक्टिभ देखिएको छ ।गुन्जमानसिहं अस्पतालमा गरिएको र्यापिड टेस्टमा एक महिलामा रियाक्टिभ भेटिएको हो ।
रत्ननगर वडा नम्बर दुईमा बसेकी एक महिलामा रियाक्टिभ देखिएपछि उनको थप परिक्षणको लागि भरतपुर कोरोना अस्पताल पठाइएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । उनको बारेमा थप विवरण खुलेको छैन ।
प्रकाशित मिति : आइतबार, बैशाख ०७, २०७७ |
१४:३३:०२
5435


















