राप्तीका संक्रमितसँग नजिक रहेका ८ जनाको परिक्षण गर्दा कोरोना नेगेटिभ
प्रकाशित मिति: सोमबार, बैशाख ०८, २०७७ | १५:२३:५८
चितवन , ८ बैशाख।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ का दुईजना संक्रमितसँग नजिक रहेकाहरुको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको छ । बेलायतबाट आएका आमा छोरामा कोरोना देखिएपछि उनीहरुसँग नजिक रहेका आफन्तहरु र अन्य गरि ८ जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् ।
आठजनाको हिजो स्वाब संकलन गरि पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । सबैजना सचेत हुनुपर्ने तर त्रसित नहुन मेयर बरालले आग्रह गरिन् ।
प्रकाशित मिति : सोमबार, बैशाख ०८, २०७७ |
१५:२३:५८
5479


















