रत्ननगरमा आरडिटी रियाक्टिभ भएकी महिलामा कोरोना नेगेटिभ
प्रकाशित मिति: सोमबार, बैशाख ०८, २०७७ | १५:३८:४२
चितवन , ८ बैशाख।
पूर्वीचितवनको रत्ननगर नगरपालिका र्यापिड टेस्ट गर्दा रियाक्टिभ देखिएको एक महिलामा कोरोना नेगेटिभ आएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर २ निवासी एक महिलाको र्यापिड टेस्ट गर्दा रियाक्टिभ आएको थियो । उनको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, बैशाख ०८, २०७७ |
१५:३८:४२
4775


















