पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | १३:१५:५२
चितवन, १५ भाद्र । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ ।
चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
१३:१५:५२
2795



















