स्कुटरको डिक्की तोडी पार्किङमै चोरी
प्रकाशित मिति: बिहिबार, भाद्र १९, २०८२ | १७:२५:०७
चितवन, १९ भाद्र । डिल्लीबजार कारागारको पार्किङमा राखिएको स्कुटरको डिक्की फुटाएर चोरी भएको छ ।
प्रहरीका अनुसार चोरीको आरोपमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका ३४ वर्षीय सविनकुमार श्रेष्ठ र काभ्रेको रोशी गाउँपालिका–३ का ३१ वर्षीय पाल्साङ दोर्जेलाई पक्राउ गरेको छ ।
१५ भदौको दिउँसो १२ बजेतिर उनीहरूले कारागार कार्यालयको कम्पाउन्डमा राखेको बा ७६ प ७२५२ नम्बरको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोप छ ।
उनीहरूले उक्त स्कुटरको डिक्कीबाट नगद १२ हजार, पर्स, एटीएम, लाइसेन्स, आइफोन, सामसुङ र ओप्पो मोबाइल चोरी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र १९, २०८२ |
१७:२५:०७
4115



















