कालीगण्डकी करिडोर सडकमा यातायात अवरुद्ध
प्रकाशित मिति: बिहिबार, भाद्र २६, २०८२ | ९:१६:५९
चितवन,२६ भाद्र । बुधबार रातिदेखिको लगातार वर्षापछि गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
प्रहरीका अनुसार, सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै पुर्तीघाट प्रहरी चौकीबाट टोली खटाइएको छ। तर लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए।
सडक बन्द भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फको यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। वर्षा रोकिनासाथ कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने काम सुरु गर्ने तयारी गरेको जानकारी दिइएको छ।
उक्त खण्डमा वर्षायाममा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
प्रकाशित मिति : बिहिबार, भाद्र २६, २०८२ |
९:१६:५९
3059



















