बाजुराको बडीमालिकामा फोर–जी सेवा सञ्चालन
प्रकाशित मिति: सोमबार, भाद्र ०८, २०८३ | १६:१७:१८
चितवन, ०८ भाद्र । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ।
समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिकामा जनैपूर्णिमाको धार्मिक मेलाको पूर्वसन्ध्यामा सञ्चार सेवा पुगेको हो। सेवा सञ्चालनमा आएपछि स्थानीयवासी, तीर्थयात्री तथा पर्यटकलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट फोर–जी सेवाको उद्घाटन गर्दै दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय सञ्चार सेवा विस्तारलाई सरकारले प्राथमिकता दिएको बताए।
प्रकाशित मिति : सोमबार, भाद्र ०८, २०८३ |
१६:१७:१८
155























