PPMO को e-GP प्रणाली ह्याक प्रकरणमा थप दुई जना पक्राउ
प्रकाशित मिति: आइतबार, बैशाख १३, २०८३ | १८:२०:३२
चितवन,१३ बैशाख । Public Procurement Monitoring Office (PPMO) को ई-जीपी प्रणाली ह्याक गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
अनधिकृत रूपमा सिस्टममा पहुँच पु¥याई ठेक्कासम्बन्धी विवरणहरू हेरफेर गरेको आरोप उनीहरूमाथि लागेको हो।
Central Investigation Bureau (सीआईबी) ले स्वदेश पोखरेल र प्रकाश ढुङ्गानालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरू ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै डकुमेन्ट परिवर्तन गर्ने कार्यमा संलग्न रहेको आरोप छ।
साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ। साथै उनीहरूमाथि सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पनि थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : आइतबार, बैशाख १३, २०८३ |
१८:२०:३२
1
























