चितवनको लायन्स चोकमा खुल्यो ‘ट्राभल मित्र होलिडेज’
चितवन , ५ मंसिर । स्वदेश तथा विदेश भ्रमण गर्न चाहने यात्रुहरूलाई एकै थलोबाट सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यका साथ चितवनको लायन्स चोकमा ट्राभल मित्र होलिडेज सञ्चालनमा आएको छ । नयाँ संचालनमा आएको होलिडेजको आज नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले एक समारोहका बीच उद्घाटन गर्नुभयो । युवा व्यवसायीहरू यमन भुषाल, सुरज पौडेल र महेश पाण्डेको संयुक्त लगानीमा स्थापना भएको उक्त संस्थाको विभिन्न देशको टुर प्याकेज , भिसा सहजिकरण तथा अन्तर्राष्ट्रिय हवाई टिकटलाई मुख्य सेवाको रुपमा राखेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले पर्यटन क्षेत्रको विस्तारसँगै भ्रमणसम्बन्धी सेवा र सुविधाको माग बढ्दै गएको बताउनुभयो । यस्तो अवस्थामा यात्रुहरूलाई आवश्यक जानकारी, परामर्श र सहजीकरण एकै स्थानबाट उपलब्ध गराउन ट्राभल एजेन्सीहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । संस्थाका अध्यक्ष यमन भुषालले चितवनबाटै स्तरीय भ्रमण सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामार्फत भिजिट भिसा सहजीकरण, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकटिङ, आवश्यक कागजात तयारी तथा विभिन्न गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरू उपलब्ध गराइनेछ । त्यस्तै, प्रबन्ध निर्देशक सुरज पौडेलले थाइल्याण्ड, सिंगापुर, जापान, इन्डोनेसिया (बाली), चीन, अस्ट्रेलिया, बेलायत तथा युरोपका विभिन्न देशहरूमा भ्रमण गर्न चाहनेहरूका लागि विशेष सेवा प्रदान गरिने बताउनुभयो । परिवार, साथीभाइ वा समूहमा घुम्न जानेहरूका लागि गन्तव्य छनोटदेखि प्याकेज निर्माण, टिकटिङ र कागजी प्रक्रियासम्मका सम्पूर्ण काममा संस्थाले सहजीकरण गर्ने उहाँले स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय भ्रमणको योजना बनाउन अब काठमाडौँ धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै चितवनबाटै सहज सेवा दिने लक्ष्यका साथ संस्था सञ्चालनमा ल्याइएको संस्थाका निर्देशक महेश पाण्डेले बताउनुभयो ।




















