खैरहनी नगरपालिकामा योजना,क्वारेन्टाइन र राहतका काम बाहेक अन्य सेवा बन्द
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ | ११:५३:५३
चितवन , २८ जेठ।
चितवनमा कोरोना संक्रमण बढ्दै गएको र एकजना खैरहनी क्षेत्रमा आउने गरेका व्यक्तीमा समेत संक्रमण देखिएपछि नगरपालिकाले सावधानी अपनाएको छ । नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ नहुँदासम्म भिडभाड रोक्न नगरपालिकाले प्रदान गर्दै आएको अधिकाम्स सेवाहरु बन्द गरेको छ ।
नगरपालिकाले योजना ,बजेट , क्वारेन्टाइन र राहतको काम बाहेक अन्य कामहरु बन्द गरेको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । नगरपालिकाले अर्को सूचना नआँउदासम्म सबै १३ वटै वडा कार्यालयमा समेत उल्लेखित काम बाहेक अन्य सेवा बन्द गर्न पत्राचार गरेको छ ।
प्रकाशित मिति : बुधबार, जेठ २८, २०७७ |
११:५३:५३
6821


















