देश /समाज
लकडाउनका कारण पलाञ्चोक भगवती र चण्डेश्वरीको जात्रा स्थगित
बनेपा,२१ वैशाख विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण काभ्रेको पाँचखाल नगरपालिका-९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र ...
नेपाल प्रहरीका ६ जिल्लाका एसपी फेरिए (नामसहित)
काठमाडौं,२० वैशाख प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सरुवाअनुसार सुनसरीमा कमल ...
कतार एयरवेजको विमान ३ सय बढी यात्रु लिएर उड्यो
कठमाडौं,२० वैशाख लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशीहरुलाई सम्बन्धित देशहरुले विमान चार्टर्ड गरेर स्वदेश फर्काएका छन् । ५४ देशका ३ सय ३ नागरिक शनिबार १ बजे काठमाडौंबाट कतार एयरवेजको वाइडबडी विम...
कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायी कारबाहीमा
धनगढी,१९ वैशाख कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवान...
सेनाले १८ घण्टापछि उठायो चार बालबालिकाको शव
दाङ,१९ वैशाख । बम विस्फोटमा मत्यु भएका रोल्पाका चार बालबालिकाको शव नेपाली सेनाले १८ घन्टापछि उठाएको छ । दाङको घोराहीस्थित रिपुमर्दन गणबाट गएको नेपाली सेनाको टोलीले ती शवहरु उठाएको हो । शुक्रबार दि...
सुनसरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
सुनसरी,१९ वैशाख । सुनसरीको इटहरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । इटहरी–११ स्थित सिमरबनामा गत वैशाख १४ गते ९ जनाको समूहले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । पीडित किशोरीले इ...
बैशाख २५ पछि लकडाउन खुकुलो पार्ने सरकारको तयारी
काठमाडौं,१९ वैशाख । सरकारले वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन स...
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना,सचेत हुन आग्रह
काठमाडौँ,१९ वैशाख । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शुक्रबार देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा शुक्रबार ...
रोल्पा बम विस्फोट : १८ घण्टा बित्दा चार बालबालिकाको शव अझै उठेन
दाङ,१९ वैशाख । रोल्पाको त्रिवेणी गाउँपालिका ७ को जंगलमा बम बिस्फोटमा मृत्यु भएका चार बालबालिकाको शव १८ घण्टा बित्दा अझै उठेको छैन । बिहीबार बेलुका बाख्रा चराउन गएका उनीहरु घर फर्किंदै गर्दा गहुँ बा...
रोल्पामा बेवारिसे वम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु
काठमाडौं,१८ वैशाख रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शान्...








