कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु
प्रकाशित मिति: मंगलबार, बैशाख २३, २०७७ | १४:३८:३१
कैलाली, वैशाख २३ ।
कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा मंगलबार सशस्त्र प्रहरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
मोटरसाइकलमा सवार सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत् सहायक हवल्दार गोरख ऐरको उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गको गौरीगंगा नगरपालिकामा से१च १८२८ नम्बरको एम्बुलेन्स र म२प ५३०३ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सचालक आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३, २०७७ |
१४:३८:३१
4137



















