नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुग्यो
प्रकाशित मिति: मंगलबार, बैशाख २३, २०७७ | १२:३९:०६
नेपालगन्ज,२३ बैशाख ।
नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए संगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। नेपालभर संक्रमितको संख्या ८२ पुगेको हो।
नेपालगन्जमा कोरोनाभाइरसका संक्रमित पहिलोपल्ट गत शुक्रबार फेला परेका थिए। नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका ६० वर्षीय पुरूषमा कोरोना देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै परीक्षण थालिएको थियो।
अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएकाहरू तिनै पुरूषको सम्पर्कमा आएकाहरू रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।
प्रकाशित मिति : मंगलबार, बैशाख २३, २०७७ |
१२:३९:०६
4093



















