चितवन मेडिकल कलेजको होस्टलमा हतियार रहेको आशंकामा प्रहरीको छापा
प्रकाशित मिति: शनिबार, मंसिर ०७, २०७६ | १७:०४:५०
चितवन , ७ मंसिर।
चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको होस्टलमा प्रहरीले छापा मारेको छ । होस्टलमा धारिलो हतियार रहेको खबर आएको भन्दै प्रहरीले होस्टल घेरेको छ ।
होस्टलभित्र हातियार रहेको खबर आएकाले प्रहरी परिचालन गरिएको र होस्टल सर्च गरेपछि एकिन जानकारी आउने चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए । चितवन मेडिकल कलेजले विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित हुदै आएका छन् ।
त्यसैको विरोधमा भोली आइतबार विद्यार्थीहरुले बृहत विरोध सभा गर्ने तयारी गरिरहेका थिए । विरोध सभालाई प्रभावित बनाउन कलेज प्रशासन र प्रहरी मिलेर विद्यार्थीहरुको आन्दोलन तुहिआउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर ०७, २०७६ |
१७:०४:५०
4709

























